INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भिमाद नगरपालिका–६ शान्तिनगरका ३५ वर्षीय पिताम्बर नेपालीलाई प्रहरीले ०८१ साउन ६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन ५ गते आफ्नै घरमा लगेर बलात्कार गरेको भन्दै पीडितले साउन ६ गते इलाका प्रहरी कार्यालय बेलचौतारामा उजुरी दिनुभएको थियो ।

पीडितको साउन ६ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण भएको र आरोपितलाई अनुसन्धानको लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका मुद्धा शाखाका इन्स्पेक्टर मोहन खड्काले जानकारी दिनुभयो ।

अन्य

भिडियो