१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले साउन ६ गते नियन्त्रणमा लिएको छ ।
आरोपित बालकले नारायण नगरपालिका–७ स्थित डिभिजनल वन कार्यालय नजिकको जङ्गलमा साउन ४ गते बालिकाको बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन ५ गते जिल्ला अस्पतालमा भयो । घटनाका सम्बन्धमा पीडित पक्षले दिएको उजुरीका आधारमा नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर दिपक मगराठीले जानकारी दिनुभयो ।
‘बाल न्याय सम्पादन कार्यविधि नियमावली २०७६’ ले बालबालिकाले कानुन विपरित कार्य गरेमा बाल बिज्याईं मान्ने र कसुरको अनुसन्धान कार्य सुरु गर्न बिज्याईं कर्तालाई नियन्त्रणमा लिई छुट्टै बाल निगरानी कक्षमा राखी घटनाको अनुसन्धान कार्य थालनी गर्नुपर्ने उल्लेख छ ।