१९ वर्षीया युवतीलाई अपहरण, शरीर बन्धक र बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-६, पोखरापालीका ४९ वर्षीया विमलादेवी केवट, सोही ठाउँका ३१ वर्षीय इन्द्रजित सहानी केवट र निजकी दिदि सोनी केवट विरुद्ध ०८१ साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित युवतीलाई आरोपितहरूले भारतको मुम्वइमा अपहरण गरी बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपित विमलादेवीलाई साउन ४ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको र आरोपित इन्द्रजित र सोनी हालसम्म फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ३ गते पृथ्वी जिल्ला अस्पतालमा भयो ।