INSEC Online

📅 २०८३ जेष्ठ २१

अपहरण तथा शरीर बन्धक घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१९ वर्षीया युवतीलाई अपहरण तथा शरीर बन्धक गरेको आरोपमा विजयनगर गाउँपालिका–४, वर्गदवाका २३ वर्षीय दिलीय नट भन्ने सफिक नट विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ साउन २ गते उजुरी दर्ता भएको छ ।

पीडित युवतीलाई आरोपितले जेठ १३ गतेदेखि अपहरण तथा शरीर बन्धक गरेको भन्दै पीडितकी ७२ वर्षीय हजुर बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । घटनाका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले जानकारी दिनुभयो ।

अन्य

भिडियो