INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसार पसार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई मानव बेचबिखन गरेको आरोपमा मोरङ जिल्ला रङगेली नगरपालिका–३ घर भइ ललितपुर महानगरपालिका–२४ धापाखेल बस्ने  ५७ वर्षीय कृष्ण अधिकारी भनिने झयन्द्र अधिकारीलाई ०८१ साउन २ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले पीडितलाई ललाइ फकाइ प्रलोभनमा पारी भिजिट भिसामा कुवेत पुर्‍याइ ०८० वैशाख २८ गते दुबइबाट कुवेत पु¥याइ पीडितलाई बन्धक बनाएको र पटक–पटक बलात्कार गरेको आरोप सहित पीडितले ०८० मङ्सिर ३ गते जिल्ला प्रहरी परिसर ललितपुर र मानव बेचबिखन अनुसन्धान ब्युरो काठमाडौँमा उजुरी दिनु भएको थियो ।

पीडित परिवारको उजुरीपछि फरार रहेका आरोपितलाई खोजी गरी ललितपुर महानगरपालिका–२४ धापाखेलबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

ललितपुर जिल्ला अदालत काठमाडौँबाट साउन ३ गते पाँच दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रसुति गृह थापाथली काठमाडौँमा गरिएको अस्पतालले जनाएको छ ।

अन्य

भिडियो