INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय कुमार के.सी.लाई ०८१ असार ६ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितले कोन्ज्योसोम गाउँपालिका–४, नल्लु निवासी पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी ०८० फागुन ८ गते बलात्कार गरेको भन्दै पीडित परिवारले असार ५ गते मौखिक र ६ गते लिखित उजुरी दिएको प्रहरी परिसर जावलाखेलका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

पीडित परिवारको उजुरीपछि खोजी गरी आरोपित केसीलाई उनकै निवास नल्लुबाट गिरफ्तार गरिएको एसपी सुवेदीले बताउनु भयो ।

ललितपुर जिल्ला अदालतबाट असार ६ गते पाँच दिनको म्याद थप गरी बलात्कार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा असार ६ गते नै गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो