INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

सुलिकोट गाउँपालिका–७ बालुवाकी २६ वर्षीया सुनिता नेपालीको हत्या गरेको आरोपमा पति ३१ वर्षीय कुमार सार्कीलाई प्रहरीले असार २९ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले कुटपिट गरी कर्तव्य गरी हत्या गरेको र घटना लुकाउन झुण्डिएको भन्ने देखाउन सलको पाँसो समेत काटी घटना मञ्चन गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले बताउनुभयो ।

आरोपितले असार २६ गते पत्नीले घरभित्र बलोमा सलको पासो लगाएर झुण्डिएको र पासो काटेर हेर्दा मृत्यु भएको भन्दै छिमेकीहरूलाई खबर गरेका थिए । आरोपितविरुद्ध सुनिताका भाइले असार २९ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिट गरी हत्या गरेको भन्दै उजुरी दिएका थिए ।

आरोपित विरुद्ध असार ३१ गते ज्यान सम्बन्धी कसुर (कर्तब्य ज्यान) शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शवको असार २६ गते आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएको थियो ।

अन्य

भिडियो