रसुवाको बेत्रावती–मैलुङ्ग–स्याफ्रु सडक अवरुद्ध भएपछि नियमित आवागमन तथा एम्बुलेन्सलाई समेत समस्या भएको छ । सडक माथिबाट ढुङ्गा खस्ने भएकोले वर्षातको समयमा सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
आमाछोदिङमो गाउँपालिका वडा नं. १ र २ का नागरिकलाई सास्ती भएको स्थानीय सोम तामाङले बताउननुभयो । बिरामी पर्दा आपतकालीन उपचार सेवाका लागि समेत समस्या हुने गरेको छ ।
एक सातादेखि लगातारको वर्षाले पहिरोको जोखिम बढेपछि अन्तर्राष्ट्रिय नाका जोड्ने बेत्रावती–मैलुङ्ग–स्याफ्रु सडक बन्द गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताउनुभयो ।
