INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ललितपुर महानगरपालिका–२७ निवासी  १५ वर्षीय दुई जना बालकलाई ०८१ असार ३१ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकाहलाई ०८१ असार २० गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपित बालकहरू विरुद्ध पीडित परिवारले प्रहरी वृत्त चापागाउँमा ०८१ असार २७ गते उजुरी दिएको थियो ।

पीडित परिवारको उजुरीपछि खोजी गरी आरोपित बालकहरूलाई सुनाकोठीबाट  गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

ललितपुर जिल्ला अदालतबाट असार ३१ गते नै पाँच दिनको म्याद थप गरी आरोपित बालकहरू विरुद्ध यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा असार २७ गते गरिएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो