INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको अभाव भएपछि बालबालिकाहरु पढाई छोडर पानीको जोह गर्न बाध्य

खानेपानीको धारा नहुँदा भितडा गाउँका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइनन्, भितडा गाउँका जनप्रतिनिधि समेत बालबालिकासँगै खोलाबाट पानी बोकेर पिउँन बाध्य छन् ।

पुचौँडी नगरपालिका–४ भटनाको भितडा गाउँमा ३० घरपरिवार दलितको बसोबास छ । बालबालिकासँगै पानी भर्न खोलामा भेटिएकी बागमती चुनारा नगर कार्यपालिकाका सदस्य हुनुहुन्छ ।

खानेपानीको योजना ल्याउन नसक्दा उहाँ आफैँ पानी भर्न कोइराली खोला झर्नुभएको हो । ‘जनप्रतिनिधि भएर के गर्नु ?  मैले आफ्नै गाउँमा खानेपानीको योजना ल्याउन सकेकी छैन,’ बागमती  चुनाराले भन्नु भयो । बजेट बाँड्ने बेला दलित महिलाको कुरा सुनुवाइ हुँदैन, हस्ताक्षर गरेर ताली पिट्न लगाएर बजेट पास हुन्छ ? बजेट कहाँ जान्छ ? केही थाहा हुँदैन उहाँले दुःखेसो पोख्नु भयो ।

photo20240715baitadi

खानेपानीको जोह गर्नकै लागि पढ्ने समय पानी बोक्नमै बित्ने गरेको विद्यार्थी रमेश चुनाराले गुनासो गर्नु भयो । पठनपाठनको भन्दा टाँढाबाट पानी बोक्नु पर्ने कुराको चिन्ता लाग्ने गरेको उहाँको भनाइ छ ।

पुर्चौडीका दलित समुदायका बालबालिकाको बीचमै पढाइ छाड्ने दर उच्च रहेको स्थानीय शिक्षक दिनेश नागारीले बताउनु भयो । शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत अधिकारबाट पाहाडी जिल्लाका ग्रमिणबन्दीका दलित समुदाय वञ्चित हुनुपरेको छ ।

यस गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत छन् । स्थानीय सरकारको अधिकांश बजेट बाटो खन्न र गाउँपालिकाका भौतिक संरचना निर्माणमा खर्च हुने गरेको छ ।

खानेपानीका लागि १०  लाख रुपियाँको योजना हुने हो भने कोइराली खोलाबाट भितडा गाउँमा खानेपानी पु¥याउन सकिने सम्भावना रहेको महिला जनप्रतिनिधि बागमती चुनाराले बताउनु भयो ।

अन्य

भिडियो