INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मकवानपुर जिल्ला घर भइ गोदावरी नगरपालिका बस्ने  १५ वर्षीय बालकलाई ०८१ असार ३० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी ०८१ असार २३ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित परिवारले०८१ असार २५ गते प्रहरी वृत्त चापागाउँमा उजुरी दिएको थियो ।

पीडित परिवारको उजुरी पछि खोजी गरी आरोपितलाई चापागाउँबाट गिरफ्तार गरिएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनु भयो ।

ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बलात्कार मुद्दामा अनुसन्धान भइरहेको एसपी सुवेदीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा असार २५ गते नै गरिएको अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिनुभयो ।

अन्य

भिडियो