INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ असार ३० गते बलरा नगरपालिका-२ का ३४ वर्षीय मो. शेख सदिकविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको छ ।

असार १३ गते पीडितको घरमा कपडा सिलाउन भनि गएका आरोपितले पीडित एक्लै भएको मौका छोपि धाक धम्की दिई बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार ३० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो