१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ठाकुरबाबा नगरपालिका–८ का २० वर्षीय सागर सुनारलाई प्रहरीले ०८१ असार २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २६ गते इलाका प्रहरी कार्यायल, ढोढरीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तुल्सीराम अर्यालले इन्सेकलाई जानकारी दिनुभयो ।
पीडित स्वास्थ्य परीक्षण असार २६ गते बर्दिया जिल्ला अस्पताल, गुलरियामा भयो ।