INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ नगरपालिका–७ तितौरेमा पहिरोले घर पुरिँदा ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको छ ।
असार २७ गते राती पहिरो खस्दा घर भत्किएर शर्माको मृत्यु भएको वडा अध्यक्ष मेघनाथ गैरेले जानकारी दिनुभयो ।

बिहानमात्र पहिरोले घर पुरिँएको छिमेकीले थाहा पाएपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
रातभर परेको वर्षाका कारण ठाउँ ठाउँमा बाटो बिग्रिएको हुँदा उद्दारमा कठिनाई भएको वडा अध्यक्ष गैरेले बताउनु भयो ।
पञ्चकोट प्रहरी चौकीबाट पुगेको प्रहरी टोली र स्थानीयको सहयोगमा शर्माको शव पहिरोबाट बाहिर निकालिएको छ ।

अन्य

भिडियो