INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले घर भत्किँदा ६ जना घाइते

सिरिजङ्गा गाउँपालिका-२ मा पहिरोले घर भत्किँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सिरिजङ्गा गाउँपालिका-२ हप्पुखोला बस्तीमा ०८१ असार २५ गते साँझ पहिरोले घर भत्किँदा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो ।

पहिरोले घर भत्किँदा सिरीजङ्गा गाउँपालिका-२ आम्बेगुदिनका ४३ वर्षीय खड्गबहादुर बाँनिया, उहाँकी ३८ वर्षीया पत्नी जानुका बानियाँ, ३० वर्षीया सुविना बानियाँ, २८ वर्षीय खेमराज अधिकारी, ५३ वर्षीया तिलमाया बिक र प्रकाश विकको १० वर्षीय बालक रोहित विक घाइते हुनु भएको छ ।

घाइतेमध्ये खड्गबहादुर र जानुकाको शरीरका विभिन्न भागमा चोट लागेको छ । अरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । खेमराजको दाँया गोडा भाँचिएको र अवस्था गम्भीर रहेकोले थप उपचारका लागि झापा रेफर गरिएको डीएसपी रावलले बताउनु भयो ।

तिलमाया र प्रकाशको हात र खुट्टामा चोट लागेको छ । घाइते पाँच जनाको जिल्ला अस्पताल, पाँचथरमा उपचार भइ रहेको प्रहरीले जनाएको छ ।

जिल्लामा ०८१ जेठ २७ गतेदेखिको वर्षाले भौतिकसहित मानवीय क्षति भएको छ ।

photo 20240710 taplejung

अन्य

भिडियो