INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-५ रामवन का ३४ वर्षीय जय प्रकाश यादवलाई ०८१ असार २२ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ ।

आरोपितले ०७९ चैत ११ गते पीडित महिलालाई आफ्नो घरमा बोलाई प्रलोभन दिई बलात्कार प्रयास गरेको भन्दै ०७९ चैत २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गोडैतामा उजुरी दिनु भएको थियो ।

आरोपितलाई ०८१ असार २२ गते गिरफ्तार गरी असार २३ गते जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण ०७९ चैत २९ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो