INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा लक्ष्यभन्दा कम बालबालिकालाई पोलियोको खोप

कोशी प्रदेशमा लक्ष्यभन्दा कम बालबालिकालाई पोलियो रोगविरूद्ध सुईद्वारा दिइने खोप(आइपीभी) लगाइएको कोशी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोशी प्रदेशमा २ लाख ४९ हजार ८७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा लक्ष्यभन्दा १० हजार ७ सय ७३ जना कम बालबालिकालाई खोप लगाइएको स्वास्थ्य निर्देशनालय, धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले बताउनु भयो ।

कोशी प्रदेशमा आइपीभीविरूद्ध खोप अभियान सञ्चालन भएपनि प्रदेशभरीमा लक्ष्यभन्दा १० हजार ७ सय ७३ जना कम बालबालिकालाई भाइपीभी खोप लगाइएको छ ।

कोशी प्रदेशमा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म प्रदेशभर सञ्चालन गरिएको खोप अभियानमा २ लाख ४९ हजार ८७ जना बालबालिकालाई खोप लक्ष्य राखिएकोमा लक्ष्यभन्दा १० हजार ७ सय ७३ जना कम भइ २ लाख ३८ हजार ३ सय १४ जना बालबालिकालाई खोप लगाइएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय, धनकुटामा प्रदेशभरीका सबै जिल्लाले पेश गरेको प्रगति विवरण अनुसार लक्ष्यभन्दा कम बालबालिकामा खोप लगाइएको तथ्याङ्कले देखाएको हो ।

वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले पोलियो रोगविरूद्ध सुईद्वारा दिइने पोलियो खोप हो । यो खोपमा तीन ओटै प्रकारका पोलियो भाइरसहरू हुन्छन । यो खोपले प्राकृतिक पोलियो भाइरस र ओपीभी खोपबाट उत्पन्न भएको पोलियो भाइरसबाट हुने पोलियोमाईलाईटिस् हुनबाट सुरक्षित गर्दछ ।

आइभीपी खोप लगाउन छुटेका बालबालिकाहरूलाई एक मात्रा भाइपीभी खोप लगाएर बालबालिकाहरूलाई पोलियो रोगबाट सुरक्षित गराउन यो खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य निर्देशनालय, धनकुटाले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइपीभी खोप वि.स.०७३ वैशाखदेखि ०७५ असोज समान्तसम्म जन्मिएका बालबालिकालाई लगाइन्छ ।

खोप अभियान सञ्चालनका क्रममा खोटाङ्गमा खोप कार्यकर्ता ।
खोप अभियान सञ्चालनका क्रममा खोटाङ्गमा खोप कार्यकर्ता ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा ६ हजार ४ सय ६२ जनालाई आइपीभी खोल लगाउने लक्ष्य राखिएकामा ६ हजार ३ सय ६३ जनालाई आइपीभी खोप लगाइएको छ । जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा लक्ष्य भन्दा ९९ जना कम बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सङखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा ७ हजार ४ सय ३५ जना बालबालिकालाई आइपीभी खोप लगाउने लक्ष्य राखिएका ६ हजार ९ सय ७१ जनालाई खोप लगाइएको छ । जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा लक्ष्य भन्दा ४ सय ६४ जना कम बालबालिकालाई आइपीभी खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोलखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा आइपीभी खोप लक्ष्य भन्दा कम बालबालिकालाई लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन गरिएको भाइपीभी खोप अभियानमा २ सय ३८ जना कम बालबालिकालाई खोप लगाइएको छ । जिल्लामा ४ हजार ४ सय ३६ जनालाई खोप लगाउने लक्ष्य राखिएका ४ हजार १ सय ९८ जनालाई खोप लगाइएको छ । जिल्लामा लक्ष्यभन्दा २ सय ३८ जना कम बालबालिकाई खोप लगाइएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा लक्ष्य भन्दा कम बालबालिकालाई आइपीभी खोप लगाइएको छ । ०८१ जेठ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा ५ हजार ३३ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ४ हजार ६ सय ८० जनालाई मात्र खोप लगाइएको छ । जिल्लामा लक्ष्य भन्दा ३ सय ५३ जना कम बालबालिकालाई भाइपीभी खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा लक्ष्य भन्दा कम बालबालिकालाई पोलियो रोगविरूद्ध सुईद्धारा दिइने खोप(आइपीभी) लगाइएको छ । जिल्लामा ७ हजार ७ सय ७८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ७ हजार ३ सय ११ जनालाई खोप लगाइएको छ । जिल्लामा लक्ष्य भन्दा कम ४ सय ६७ जना कम बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा आइपीभी खोप अभियानमा लक्ष्य भन्दा कम बालबालिकालाई खोप लगाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा ६ हजार ५ सय ६८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ६ हजार २ सय ३३ जनालाई आइपीभी खोप लगाइएको छ । लक्ष्यभन्दा ३ सय ३५ जना बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन गरिएको आइपीभी खोप अभियानमा लक्ष्य भन्दा कम ७ सय १० जना कम बालबालिकालाई खोप लगाइएको छ । जिल्लामा ६ हजार ७ सय ९५ जनामा खोपको लक्ष्य राखिएकामा ६ हजार ८५ जनाले खोप लगाइएको छ । स्वास्थ्य निर्देशनालय, धनकुटाका भाइपीभी खोप फोकल पर्सन भरत भण्डारीका अनुसार प्रदेशका सबै बालबालिकालाई खोप लगाइएको छ । अनुमानित लक्ष्य केही राखिएकोमा लक्ष्य अनुसारका बालबालिकाको सङ्ख्या नभएकोले लक्ष्य अनुसार नदेखिएपनि सबै बालबालिकाले खोप पाएको भण्डारीले बताउनु भयो । तीन दिन खोप केन्द्रमा र १० दिन घरघरमा पुगेर खोप अभियान सञ्चालन गरिएको थियो । केही जिल्लामा लक्ष्य राखिएको भन्दा धेरै हुनुमा बाहिरी जिल्लाका बालबालिका रहेको र कम हुनुमा जिल्ला बाहिर खोप लगाएको बुझ्नुपर्ने खोप फोकल पर्सन भण्डारीको भनाइ छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा आइपीभी खोप लक्ष्यभन्दा कम बालबालिकालाई लगाइएको छ । जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन गरिएको भाइपीभी खोप अभियानमा जिल्लामा लक्ष्य भन्दा २ सय ८१ जना कम बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ४ हजार १ सय १६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ३ हजार ८ सय ३५ जनालाई खोप लगाइएको छ ।

पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार जिल्लामा लक्ष्यभन्दा केही कम बालबालिकालाई आइपीभी खोप लगाइएको छ । जिल्लामा ८ हजार ८ सय ७४ जना बालबालिकालाई खोपको लक्ष्य राखिएकामा ८ हजार ७९ जनालाई खोप लगाइएको छ । पोलियो रोगविरूद्ध सुईद्धारा दिइने खोप(आइपीभी) लक्ष्य भन्दा कम ७ सय ९५ जना बालबालिकालाई लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा तीन दिनसम्म स्वास्थ्य संस्थामा र १० दिनसम्म घरघरमा अभियान सञ्चालन गरिएको थियो ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा १० हजार ८ सय ८० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकामा ९ हजार ५ सय ५३ जना बालबालिकालाई खोप लगाइएको छ । बालबालिकालाई आइपीभी खोप लगाउने लक्ष्य राखिएकामा १ हजार ३ सय १७ जना कम बालबालिकालाई खोप लगाइएको छ । जिल्लामा जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार कोशी प्रदेशमा झापामा मात्रै लक्ष्यभन्दा धेरै बालबालिकालाई खोप लगाइएको छ । जिल्लामा लक्ष्यभन्दा १ हजार २ सय ३४ जना बढी बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा ४५ हजार ६ सय ५० जनाको लक्ष्य राखिएकोमा ४६ हजार ८ सय ८४ जना बालबालिकालाई आइपीभी खोप लगाइएको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्लामा ५८ हजार ५ सय १५ जनामा बालबालिकालाई आइपीभी खोप लगाउने लक्ष्य राखिएकामा ५८ हजार २ सय ५ जना बालबालिकालाई आइपीभी खोप लगाइएको छ । आइपीभी खोप वि.स.०७३ वैशाखदेखि ०७५ असोज समान्तसम्म जन्मिएका बालबालिकालाई लगाइने गरेको कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डाक्टर रविराज सिंहले बताउनु भयो । जिल्लामा ०८१ जेठ १३ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानमा लक्ष्य भन्दा ३ सय १० जना कम बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्लामा लक्ष्यभन्दा कम बालबालिकालाई खोप लगाइएको छ । जिल्लामा ५९ हजार ७ सय ५३ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ५४ हजार ६ सय ६० जनालाई मात्रै खोप लगाइएको छ । जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालन गरिएको खोप अभियानमा लक्ष्य भन्दा ५ हजार ९३ जना कम बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा पोलियो रोगविरूद्ध सुईद्धारा दिइने खोप(आइपीभी) लक्ष्य भन्दा कम बालबालिकालाई लगाइएको छ । जिल्लामा १६ हजार ७ सय ९२ जनालाई खोप लगाउने लक्ष्य राखिएको १५ हजार २ सय ४७ जनाले खोप लगाएका छन् । जिल्लामा ०८१ जेठ १३ गतेदेखि जेठ १६ गतेसम्म सञ्चालय गरिएको जिल्लाव्यापी खोप अभियानमा लक्ष्य भन्दा १ हजार ५ सय ४५ जना कम बालबालिकालाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अन्य

भिडियो