मानव बेचविखन तथा ओसारपसार गरेको आरोपमा प्रहरीले २४ वर्षीया सन्ध्या चुडाललाई असार २३ गते गिरफ्तार गरेको छ ।
झापा जिल्ला विर्तामोड नगरपालिका-८ गरामनी स्थायी घर भइ विराटनगर महानगरपालिका-११ मा बस्दै आएकी आरोपितलाई ०८१ असार २३ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनु भयो ।
विराटनगर महानगरपालिका-११ मा घर भाडामा लिएर महिला तथा युवतीहरूलाई विराटनगरमा रहेका विभिन्न गीतगजल र डान्सबारमा काम गर्न बाध्य पारेको आरोपमा आरोपितलाई गिरफ्तार गरिएको डिएसपी बस्नेतले बताउनु भयो ।
यौनधन्धामा समेत जवरजस्ती लगाउने गरेको आरोपमा पीडितहरूले आरोपितविरुद्ध ०८१ असार २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मानव वेचविखन तथा ओसारपसार मुद्दामा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।