INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरीले प्रहार गरेको गोली लागेर दुई जना घाइते

डुडुवा गाउँपालिका-६, सिख्खनपुर्वामा ०८१ असार २० गते प्रहरीले चलाएको गोली लागेर सोही ठाउँका ५५ वर्षीय सन्नामा भन्ने सरनाम सिंह सरदार र ३० वर्षीय नानक सिंह सिख घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण डाँगीका अनुसार डाका चोरी मुद्दामा जिल्ला अदालतको ०८० असार १८ गतेको इजलासले सरनाम सिंह सरदारलाई ६ वर्ष कैद सजाय र १२ हजार रुपियाँ जरिवाना भराउने फैसला भएको थियो । उक्त फैसला पश्चात फरार रहेका सरनाम सिंह सरदारलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा स्थानीयबासीले ढुङ्गामुढा प्रहार गरेर भगाउन खोज्दा प्रहरीले गोली चलाएको थियो ।

स्थानीयबासीले प्रहार गरेको ढुङ्गामुढाबाट इलाका प्रहरी कार्यालय, हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवलदार मदन डाँगीको टाउको र बाँया हातमा चोट लागेको छ ।

प्रहरीको हतियार खोसेर प्रहरी माथि नै जाइलाग्ने डुडुवा गाउँपालिका-६, सिख्खनपुर्वाका ३० वर्षीय नानक सिंह सिखको दायाँ खुट्टामा गोली लागी घाइते भएको र फरार अभियुक्तलाई नियन्त्रण लिने क्रममा प्रहरीद्वारा तीन राउण्ड गोली प्रहार गरेको डिएसपी डाँगीले बताउनु भयो ।

घाइतेहरूको स्वास्थ्य उपचार नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो