INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा नाै वर्ष कैद सजाय

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा हरिपुर्वा नगरपालिका-६ का २९ वर्षीय गणेशप्रसाद यादवलाई जिल्ला अदालत सर्लाहीले ०८१ असार २० गते नाै वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले आरोपितलाई नाै वर्ष कैद सजाय र ४५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो । आरोपित पुर्पक्षका लागि मलंगवा कारागारमा रहेको स्रेस्तेदार अधिकारीले बताउनु भयो ।

पीडित बालिकालाई आरोपितले २०८० चैत ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आराेपितविरुद्ध ०८१ वैशाख ३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ वैशाख ४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

अन्य

भिडियो