१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय दुई बालकविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनाले ०८१ असार १९ गते उजुरी दर्ता गरेको छ ।
गाईवस्तुको गोबर मल आफ्नै खेतबारीमा फ्याँकेर घर फर्किदै गरेकी बालिकालाई आरोपितहरूले असार १७ गते साँझ सामूहिक बलात्कार गरेको भन्दै पीडितका ४५ वर्षीय बुबाले असार १८ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिनुभएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण सिरहाको लहान नगरपालिका-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक प्रादेशिक अस्पतालमा असार १८ गते भएको अस्पतालले जनाएको छ । आरोपित मध्ये १६ वर्षीय एक बालक असार १९ गते गिरफ्तार भएको इन्स्पेक्टर निलमप्रसाद उप्रेतीले बताउनु भयो । अर्का आरोपित १६ वर्षीय बालक फरार रहेका छन् ।