३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-९ का ३९ वर्षीय सकिरा कुमार महतोलाई ०८१ असार १५ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
घरमा एक्लै रहेकी पीडितलाई ०८० चैत ११ गते आरोपित महतोले कुटपिट गरी बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख ११ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भयो ।
आरोपित महतोलाई असार १५ गते गिरफ्तार गरी असार १६ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इन्स्पेक्टर बनियाले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।