INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०८१ असार १७ गते वीरगंज महानगरपालिका वडा नं. ३१ निवासी २१ वर्षीय निरञ्जन मण्डललाई गिरफ्तार गरेको छ ।

असार १३ गते पीडित बालिका घरमा एक्लै भएको मौका छोपी आरोपितले बालिकालाई ललाइफकाइ गरी बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार १७ जिल्ला प्रहरी कार्यालयमा उजरी दिनु भयो । पीडित बालिका कक्षा युकेजीमा पढ्छिन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते वीरगंजस्थित नारायणी अस्पतालमा भयो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याालय पर्साका एसपी कुमोध ढुंगेलले बताउनु भयो ।

अन्य

भिडियो