INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा चन्द्रपुर नगरपालिका-३ गैदाटारका २० वर्षीय विवेक तामाङलाई ०८१ असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले गिरफ्तार गरेको छ ।

आरोपित तामाङले पीडित महिलालाई असार १५ गते राती बलात्कार गरेको भन्दै पीडित महिलाले आरोपितविरुद्ध असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरि दिनुभयो ।

आरोपितलाई गिरफ्तार गरी सोही दिन सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर सुरेन्द्र बर्तौलाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते चन्द्रपुर सरकारी अस्पताल चन्द्रनिगाहपुरमा भयो ।

अन्य

भिडियो