INSEC Online

📅 २०८३ जेष्ठ २१

भिदत्तम नगरपालिकाको गाडीमा तोडफोड, घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिकाको गाडीमा ०८१ असार १७ गते तोडफोड गरेको आरोपमा प्रहरीले खोकाछाप्रा उद्धार समितिमा आवद्ध आठ जना महिला सहित १५ जना मजदुर व्यवसायीहरुलाई असार १७ गते गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेमा भिमदत्त नगरपालिका–४ का ४० वर्षीया रेखा धामी, ५२ वर्षीय डम्बरसिंह भाट, ६० वर्षीय विष्णु भट्ट, ३२ वर्षीय विवेक भट्ट, १८ वर्षीया जानकी नेपाली, ३७ वर्षीय धिरज कुँवर, २० वर्षीया चाँदनी नेपाली, ५० वर्षीय शेखर कुँवर, ४५ वर्षीया नन्दकली बराल, ३३ वर्षीया जानु विष्ट, ३२ वर्षीया लक्ष्मी डाँगा जैशी, २१ वर्षीया वाग्मती धामी, ४८ वर्षीया हिरादेवी पन्त, ५० वर्षीय भागरथी बडाल र ४२ वर्षीय महेश पन्त रहनुभएको छ ।

photo20240701kanchanpur (4)

नगरपालिका क्षेत्रमा अवैध रुपमा निर्माण गरिएका खोकाछाप्राहरु भत्काउनका लागि भिमदत्त नगरपालिकाले स्काभेटर पठाएकोमा खोकाछाप्रा समितिमा आवद्ध व्यवसायीहरुले असार १७ गते विहान आन्दोलन गरी स्काभेटर फिर्ता पठाएका थिए ।

स्काभेट फिर्ता पठाएपछि अवैध रुपमा निर्माण गरिएका खोकाछाप्रा तथा संरचनााहरु भत्काउन दिनका लागि छलफल गर्न गएका भिमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थी र वडा नम्बर ४ का अध्यक्ष शुशील भट्ट चढेर जानुभएको नगरपालिकाको बा.२ झ ३८८९ नम्बरको गाडीमा आन्दोलनकारी व्यवपारीहरुले असार १७ गते विहान तोडफोड गरेका थिए ।

अवैध संरचनाहरु भत्काउने कार्यमा हस्तक्षप गरी अवरोध सृजना गर्दै भिमदत्त नगरपालिकाको गाडीमा तोडफोड गर्ने आठ जना महिला सहित १५ जनालाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी उमेश जोशीले बताउनु भयो ।

अन्य

भिडियो