जिल्ला प्रहरी कार्यालय, सप्तरीका अनुसार सन् २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा भएको १२ घटनामा १४ देखि १७ वर्ष उमेर समूहका १२ जना बालिका बलात्कार घटनामा पीडित भएकी छिन् । जसमध्ये एक जना अपाङ्गता भएकी बालिका छिन् ।
यी घटनाहरू सप्तरीको नौ ओटा नगरपालिकामध्ये ६ ओटा पालिका र नौ गाउँपालिकामध्ये तीन ओटा पालिकामा बालिका बलात्कारका घटना भएका हुन् । घटनामा संलग्न आरोपितहरूमा १५ देखि १६ वर्ष उमेर समूहका बालकदेखि ३० वर्ष उमेर समूहका १२ जना रहेका छन् । आरोपितहरूमध्ये पुर्पक्षका लागि थुनामा तीन, बालसुधार गृहमा एक र फरार ६ जना छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी गजुसिद्दी ब्रजाचार्यले हालै जेठ ३१ गते २० वर्षीय र असार ७ गते २३ र २५ वर्षीय युवक गरी तीन जना आरोपित अनुसन्धानका लागि गिरफ्तार भएको बताउनु भयो ।