INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक कुटपिट घटनाका आरोपित गिरफ्तार

कावासोती नगरपालिका– १३ का ७२ वर्षीय बुवा बालकृष्ण बस्याल र ६८ वर्षीय आमा जालपी बस्याललाई ०८१ असार १६ गते कुटपिट गरेको आरोपमा छोरा चिन्तामणी बस्याललाई प्रहरीले सोही दिन गिरफ्तार  गरेको छ ।

मादक पदर्थ सेवन गरेर घरायसी विवादमा आमा बुबालाई चिन्तामणीले ढोकाको गजबारले हिर्काएर घाइते बनाएका  थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेद बहादुर पौडेलका अनुसार कुटपिटबाट दुवै जनाको हात र खुट्टामा चोट लागेको छ । घाइते दम्पतीको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ  ।

अन्य

भिडियो