भद्रपुर नगरपालिका-२ डिगाउँकी ७० वर्षीया ज्येष्ठ नागरिक गौरीमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ४० वर्षीय राजेश तामाङलाई असार १४ गते गिरफ्तार गरेको छ ।
आपसी विवादका क्रममा आरोपितले ०८१ असार १४ गते वृद्धालाई सिक्कल प्रहार गरी हत्या गरेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।
स्थानीयले दिएको सूचनाका आधारमा आरोपितलाई घटनास्थल क्षेत्रमा लुकेर बसेको अवस्थामा अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा असार १४ गते गरिएको छ ।
पीडित पक्षले असार १४ गते शव बुझी मेची खोलामा सद्गत गरेको छ ।