INSEC Online

📅 २०८३ जेष्ठ २१

गस्तीमा रहेको प्रहरी र सवारी साधनमाथि आक्रमण

गस्तीमा रहेका प्रहरीको सवारी साधनहरूमा ०८१ असार १० गते ढुङ्गामुढा गरी क्षति पुर्‍याउनुका साथै प्रहरीहरूलाई घाइते बनाएको आरोपमा राजविराज नगरपालिका-६ का २६ वर्षीय सोनु चौहान, २४ वर्षीय अर्जुन मलिक, १७ वर्षीय बालक घटनास्थलबाट गिरफ्तार भएका छन् ।

आरोपितहरूको ढुङ्गामुढाबाट राजविराज नगरपालिका-७ स्थित राम मन्दिर क्षेत्रमा गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालयको ना.१ झ ५५७ नम्बरको भ्यान र बा.२ ब ५६६६ नम्बरको मोटरसाइकलमा क्षति पुगेको सप्तरी प्रहरीले जनाएको छ । सो क्रममा असई ४५ वर्षीय महताब आलमको छाती र हात, प्रहरी सहायक हवल्दार ३३ वर्षीय मनोज मेहताको दायाँ आँखा र प्रहरी जवान २२ वर्षीय शम्भु यादवको शरिरका विभिन्न भागमा चोटपटक लागेको डिएसपी ढुण्डीराज नेउपानेले बताउनु भयो ।

असई आलमले असार ११ गते दिएको प्रहरी प्रतिवेदनका आधारमा घटनास्थलबाट गिरफ्तार भएका आरोपितहरू विरुद्ध जिल्ला प्रहरी कार्यालयमा असार ११ गते आपराधिक उपद्रव र अभद्र व्यवहारको उजुरी दर्ता भयो ।

अन्य

भिडियो