२२ वर्षीया शारिरीक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-५ का ३१ वर्षीय लिलाबहादुर गुरुङलाई गिरफ्तार गरी असार १३ गते सार्वजनिक गरेको छ ।
पीडित महिलालाई ०७९ चैत १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध ०७९ चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपित गुरुङलाई ०८१ असार १० गते जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, धरानको टोलीले सुनसरीको धरान उपमहानगपालिका-१६ हंस मार्गबाट गिरफ्तार गरी ०८१ असार १३ गते सार्वजनिक गरेको हो ।
पीडित महिलालाई आरोपितले विवाहको प्रलोभनमा बलात्कार गरेको र पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८९ चैत २२ गते गरिएको थियो ।