INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३१ वर्षीय विवेकानन्द यादवलाई ०८१ असार ११ गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ ।

आरोपितले ०७९ असार १३ गते पीडितलाई धाक धम्की दिई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले साउन १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।

आरोपितलाई ०८१ असार ११ गते गिरफ्तार गरी जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ साउन १७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो