३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गोडैता नगरपालिका-८ का ३५ वर्षीय सरोज यादवलाई ०८१ असार १० गते इलाका प्रहरी कार्यालय गोडैताले गिरफ्तार गरेको छ ।
आरोपितले ०८० चैत ११ गते पीडितलाई धाक धम्की दिई बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले ०८१ वैशाख ६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनु भयो ।
आरोपितलाई ०८१ असार १० गते गिरफ्तार गरी असार ११ जिल्ला अदालतबाट तीन दिनको म्याद थप गराई घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।