बलात्कार घटनाको पीडित ११ वर्षीया बालिकालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ असार ११ गते आर्थिक सहयोग गरेको छ ।
पीडितको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण पीडितलाई कानुनी प्रक्रियामा जान समस्या परेको भन्दै पीडितका आफन्तले सहयोगका लागि ०८१ जेठ ३१ गते इन्सेक जिल्ला प्रतिनिधिलाई निवेदन दिनुभएको थियो ।
पीडित पक्षको निवेदन, सम्बन्धित वडा कार्यालयको सिफारिस र इन्सेक जिल्ला प्रतिनिधिको सिफारिसमा पीडितलाई न्यायिक प्रक्रियामा सहयोग पुर्याउने उद्देश्यले इन्सेकबाट १० हजार रुपियाँ सहयोग प्रदान गरिएको हो ।
पीडित बालिकालाई आरोपितले ०८१ जेठ २८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण जेठ २९ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।