INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार कसुरमा १३ वर्ष कैद फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दुल्लू नगरपालिका–३ पालीका २६ वर्षीय दिनेश बुढालाई दैलेख जिल्ला अदालतले १३ वर्ष कैद फैसला गरेको छ ।

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले असार १० गते उक्त फैसला गरेको हो । १३ वर्ष कैद, पाँच लाख रुपियाँ जरिबाना, एक लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति र २२ सय रुपियाँ पीडित राहत कोषलाई तिर्नुपर्ने फैसला भएको अदालतका श्रेस्तेदार उपसचिव बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ पाल्तडा नजिककाे जङ्गलमा ०८० असार १४ गते बलात्कार गरेको भन्ने पीडित पक्षको आरोपमा प्रहरी सोही दिन गिरफ्तार गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण असार १५ गते जिल्ला अस्पतालमा भएको थियो ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले साउन ४ गते अदालतमा अभियोग दर्ता गराएकोमा साउन ५ गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश लम्सालको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

Photo20240625Dailekh

अन्य

भिडियो