केराबारी गाउँपालिका–४ याङ्शीलाका ११ वर्षीय बालकको विद्यालय जाँदै गरेको अवस्था खोलाले बगाएर मृत्यु भएको छ।
केराबारी गाउँपालिका-४ याङशीलाका चित्रबहादुर राईका ११ वर्षीय छोरा श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले बताउनुभयो।
विद्यालय जाने क्रममा ०८१ असार ११ गते स्थानीय गोविने खोलाले बगाएर बालकको मृत्यु भएको वडाध्यक्ष तामाङले बताउनु भयोे।
केराबारी गाउँपालिका–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालकको खोला तर्ने क्रममा मृत्यु भएको हो ।
विद्यालयका प्रधानाध्यापक सुजन थेवेले याङ्शीलाबाट विद्यालय भएको चिउरी भञ्ज्याङ आइपुग्न विद्यार्थीलाई लगभग १ घण्टा समय लाग्ने गरेको बताउनु भयो। २ सय १० जना विद्यार्थी रहेको विद्यालयमा याङ्शीला घर भएका करिब २० जनाजति बालबालिका अध्ययनका लागि आउने गरेका छन् ।
प्रहरीले बालकको शव निकालि पीडित परिवारलाई जिम्मा लाउने तयारी गरेको छ ।