INSEC Online

📅 २०८३ जेष्ठ २२

बालयौन दुरुपयोग गरेको कसुर ठहर

१५ वर्षीया बालिकालाई बारा जिल्ला निजगढ नगरापलिका-१२ का ३० वर्षीय ‘तपस्वी’ रामबहादुर बम्जनले बालयौन दुरुपयोग गरेको जिल्ला अदालत सर्लाहीले ०८१ असार १० गते कसुर ठहर गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको एकल इजलासले बम्जनले बालयौन दुरुपयोग गरेको ठहर गरेको हो । तर, कसुरदार बम्जनलाई कति सजाय हुने बारे असार १७ गते थाहा हुने जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

त्यस्तै, सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको ०८० पुस २६ गतेको आदेशले आरोपित बमजन पुर्पक्षका लागि जलेश्वर कारागार, महोत्तरीमा छन् ।

बालिकालाई बम्जनले बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०७६ माघ २३ गते उजुरी दिनु भएको थियो ।

उक्त उजुरीको आधारमा सर्लाही जिल्ला अदालतले ०७७ असार २१ गते बम्जनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-६ स्थित निवासबाटै आरोपित बम्जनलाई ०८० पुस २४ गते सीआइबी टोलीले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०७६ माघ २४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको थियो ।

अन्य

भिडियो