नेपाल पत्रकार महासङ्घ कालीकोटले महासङ्घका केन्द्रीय पार्षद् तथा प्रेस सेन्टर कालीकोटका अध्यक्ष अर्जुनप्रसाद भट्टराई माथि भएको आक्रमणको निन्दा गरेको राससले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घ कालीकोटका अध्यक्ष तुलाराम पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते पत्रकारको उपचार तथा दोषीउपर कारबाहीका लागि सरकारसँग माग गरिएको छ ।
त्यसैगरी विभिन्न सङ्घ सङ्गठनले पनि घटनामा संलग्न दोषीउपर कारबाहीका लागि स्थानीय प्रहरी प्रशासनसँग माग गरेका छन् ।
असोज २० गते साँझ भएको आक्रमणमा घाइते पत्रकार अर्जुनप्रसाद भट्टराईको उपचार जिल्ला अस्पताल कालीकोटमा हुन नसेकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ ।
पत्रकार भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ भने पिसाबबाट समेत रगत बगेको र अहिले उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।