INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-८ का २७ वर्षीय दिलिप कुमार क्षेत्रीविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा ०८१ असार ६ गते पीडित पक्षले उजुरी दिनु भएकाे छ ।

पीडितलाई आरोपितले जेठ २६ गते ईश्वरपुर बजारस्थित सरकारी भवनमा बोलाई प्रलोभनमा पारी बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय केशरगंजमा उजुरी दिएको पीडितकी आमाले बताउनु भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।

पीडितकाे स्वास्थ्य परीक्षण असार ७ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयाे ।

अन्य

भिडियो