INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मानसिक सन्तुलन नभएकी ३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-४ का २६ वर्षीय गजेन्द्र विष्टलाई असोज २० गते गिरफ्तार गरेको छ ।

भीमदत्त नपा-९ सुकासालमा रहेको झाडीमा महिलालाई जबरजस्ती गर्न खोजिरहेको समयमा स्थानीय महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय महिलाले प्रहरीलाई खबर गरेपछि प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेटीले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असोज २० गते महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा भएको थियो ।

अन्य

भिडियो