बसबरीया गाउँपालिका-२ की ३२ वर्षीया कविता देवी सिंहले बसबरीया गाउँपालिका-३ का ३५ वर्षीय रामकेवल यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१ असार ५ गते उजुरी दिनु भएको छ ।
आरोपितले जेठ २६ गते दुर्व्यवहार गरेको र जेठ २७ गते कुटपिट गरी ज्यान मार्ने धम्की दिएकोले आरोपितविरुद्ध उजुरी दिएको पीडितले बताउनु भयो ।
घटना बारे अनुसन्धान गरी दोषीलाई कानुन बमोजिको कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी रविन्द्र बहादुर सिंहले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य उपचार तथा घाउ जाँच असार ६ गते जिल्ला अस्पताल मलंगवामा भयो ।