१४ वर्षीया बालिकालाई बलात्कार गरेको अरोापमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका २३ वर्षीय रमेशकुमार यादव ०८१ असार ७ गते गिरफ्तार भएका छन् ।
आरोपितले ०८१ जेठ १४ गते राति बलात्कार गरी जेठ १५ गते बिहान घर नजिक ल्याएर छाडेको भन्दै पीडितका २२ वर्षीय दाजुले जिल्ला प्रहरी कार्यालयमा जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
गाउँले पारस खंगको छोरीको विवाहबाट फर्किरहेको बेला घर पु¥याई दिन्छु भनी एक जना साथीको सहयोगमा आरोपितले जबरजस्ती मोटरसाइकलमा बसाई खाँडो खोला किनारको खेतमा लगी बलात्कार गरेको र पुनः जेठ २० गते बेलका सँगै नहिडे भिडिओ भाइरल बनाइ दिने भनी धम्क्याएको पीडितले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण गजेन्द्र नारायण सिंह अस्पतालमा जेठ २२ गते भयो ।