१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-१५ ज्यामिरगढीका १९ वर्षीय रोहित राजवंशीलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ असार २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार ४ गते गरिएको छ ।