INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बरहथवा नगरपालिका-६ का २८ वर्षीय लिला कार्कीविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा ०८१ असार ५ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

घरमा एक्लै भएको मौका छापी आरोपितले ०८१ जेठ २६ गते पीडितलाई धाक धम्की दिई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएको पीडित पक्षले बताउनु भयो ।

घटनापछि आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ५ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो