INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ईश्वरपुर नगरपालिका-९ का २८ वर्षीय भुन्टे भनिने नविन पाख्रिनविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा ०८१ असार २ गते पीडित पक्षले उजुरी दिनु भएको छ ।

घरमा कोही नभएको मौका छोपी जेठ २१ गते आरोपितले पीडितलाई धाक धम्की दिई बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय केशरगञ्जमा उजुरी दिनु भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर रामप्रवेश यादवले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।

अन्य

भिडियो