३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-९ का ३६ वर्षीय भुल्टन कुमार चौधरीलाई ०८१ असार ३ गते इलाका प्रहरी कार्यालय बरहथवाले गिरफ्तार गरेको छ ।
पीडितको पति विगत १८ महिनादेखी वैदेशि रोजगारीको सिलसिलामा कतारमा छन् । ०८० चैत ११ गते पीडित घरमा एक्ले भएको मौका छोपी आरोपित लुकिछिपि पीडितको घरमा प्रवेश गरी डरधाक देखाई बलात्कार प्रयास गरेको भन्दै चैत २२ गते पीडित पक्षले आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिएका थिए ।
आरोपितलाई ०८१ असार ३ गते गिरफ्तार गरी असार ४ गते जिल्ला अदालतबाट एक हप्ताको म्याद लिई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत २३ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भयो ।