INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचविखनविरूद्धको कानुन स्थानीय राजपत्रमा

भद्रपुर नगरपालिकाले मानव बेचविखन तथा ओसारपसारविरूद्धको कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको छ ।

पूर्वी नेपालको काड्डभिट्टा–पानीट्याङ्की नाका मानव वेचबिखन गर्ने समूहले प्रयोग गर्ने प्रमुख नाकामा रूपमा लिइन्छ ।

मानव वेचबिखन अन्त्यका लागि स्थानीय सरकारले मानव बेचविखन तथा ओसारपसारविरूद्धको कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको भद्रपुर नगरपालिकाले जनाएको छ ।

भद्रपुर नगरपालिकाका मेयर गणेश पोखरेलले भारतसँग खुला सीमा भएकाले भद्रपुरबाट मानव बेचबिखनका घटना हुने गरेको र त्यसको न्यूनीकरणका लागि कानुन नै बनाएर राजपत्रमा प्रकाशन गरिएको बताउनु भयो ।

स्थानीय सरकारले स्थानीय आवश्यकता र घटनाको अवयवहरूलाई अध्ययनअनुसन्धान गरी मानव वेचविखनविरूद्ध कानुन बनाएर स्थानीय राजपत्रमा सूचना प्रकाशन गरिएको मेयर पोखरेलको भनाइ छ ।

मानव बेचविखन तथा ओसारपसारविरूद्धको कानुन निर्माण गरी ०८१ जेठ ३१ गते स्थानीय राजपत्रमा प्रकाशन गरिएको छ ।

स्थानीय सरकारले आफ्नो अधिकार बमोजिम कानुन बनाएर कार्यान्वयनमा ल्याएपछि मानव वेचविखनविरूद्धको अभियानहरू प्रभावकारी हुने माइती नेपाल, झापा संयोजक गोविन्द घिमिरेको भनाइ छ ।

इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ अनुसार झापा जिल्लाको भारतसँग सीमाना जोडिएका नाकाबाट आर्थिक वर्ष ०७४ देखि ०८० सम्म ६ वर्षको अवधिमा ६५ ओटा मानव वेचविखनका मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

अन्य

भिडियो