INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीपहिरोका कारण विद्यालय बन्द, विद्युत र खानेपानी पाइपमा क्षति

मनसुन सक्रिय भएका कारण जिल्लामा निरन्तर वर्षापछिको बाढीपहिरोका कारण विद्यालय बन्द गरिएको छ । विद्युत र खानेपानीका पाइपमा पहिरोले क्षति पुर्‍याएपछि जनजीवन प्रभावित भएको छ ।

कोशी प्रदेशमा १० जुन अर्थात् ०८१ जेठ २८ गतेदेखि सक्रिय भएको मनसुनको प्रभाव जिल्लामा देखिएको छ । जेठ ३० गतेको निरन्तरको वर्षाले असार २ गते जिल्लाका विद्यालयहरु बन्द गरिएका छन् । सिरिजङ्घा गाउँपालिका-१ मा रहेको सिनाम माध्यमिक विद्यालय बन्द गरिएको शिक्षक तुलसी पोख्रेलले बताउनु भयो ।

बाढीपहिरोका कारण ठाँउठाँउका सडक विग्रिएपछि टोलटोलमा फोन गरेर विद्यार्थी विद्यालय नआउन उर्दी गरिएको शिक्षक पोख्रेलले बताउनु भयो ।

सिरिजङ्घा गाउँपालिका अध्यक्ष लालबहादुर चौहानले भारी बर्षा भएकाले सबैलाई सुरक्षित रहन आग्रह गरिएको बताउनु भयो । बाढी पहिरोका कारण वितेको २४ घण्टायता विद्युत् अवरुद्ध भएको छ ।

सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खेमा खानेपानीका पाइपमा क्षति पुगेको पछि जनजीवन प्रभावित भएको छ । सिरिजङ्घा गाउँपालिका-१ देखि ५ सम्मका झन्डै तीन यस घरधुरीले प्रयोग गर्दै आएको खानेपानीको पाइपमा पूर्ण क्षति भएपछि जनजीवन प्रभावित भएको स्थानीय कैलाश लिम्बूले बताउनु भयो । उद्दारमा प्रहरी र स्थानीय खटिएपनि निरन्तरको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर कमलकुमार लुङ्गेलीले बताउनु भयो ।

सिरिजङ्घा गाउँपालिका-६ मामाङ्खे र ८ याम्फुदिनमा पहिरो जाँदा दर्जनौ घरपरिवार विस्थापित भएका छन् । असार १ गते पहिरो जाँदा वडा नं. ६ गैरीका नयनराज लिम्बूको घरसँगै पशुचौपाया बगाएको छ । विस्थापित परिवारलाई स्थानीय मानिस र प्रहरीको सहयोगमा टंक गौतमको खाली जग्गामा राखिएको प्रहरीले जनाएको छ ।

पहिरोले गौरीमाया लिम्बू, पुर्णकुमार माबो, भीममाया गुरुङ, यामबहादुर लिम्बू, बुद्धिमान लिम्बु, रनकुमार लिम्बू, चन्द्रमान लिम्बू, रवीबहादुर लिम्बू, ख्यालमान लिम्बू, वीरबहादुर लिम्बू, जगत लिम्वू, अमृत लिम्बूको घर जोखिममा रहेको स्थानीयले जानकारी दिएका छन् ।

पहिरोले चन्द्रबहादुर लिम्बूको घर बगाएको छ । असार १ गते गएको पहिरोले मिक्वाखोला गाउँपालिका-५ पापुङको ताङ्खुका तीन परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयले ताङ्खुका आइतवीर लिम्बू, मनकुमार लिम्वू र मोहन लिम्वूको परिवार विस्थापित भएको जानकारी दिएको छ ।

photo 20240616 taplejung (1)

photo 20240616 taplejung (2)

photo 20240616 taplejung (3)

photo 20240616 taplejung (4)

photo 20240616 taplejung (1)

अन्य

भिडियो