युवा सङ्घ नेपाल रामेछाका नगरकमिटी सहसचिव एवम् एमाले कार्यकर्ता हरिश्चन्द्र खड्कालाई रामेछाप नगरपालिका-८ का वडा अध्यक्ष केदार कार्कीले कुटपिट गरेको आरोपमा नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौडेलले असोज १७ गते एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् ।
विद्यालयको भवन निर्माणको लागि सस्तो मुल्यमा बालुवा ढुवानी गरेको भन्दै सार्वजनिक स्थलमा खड्कालाई हातपात गरी कुटपिट गरेको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले नागरिकको बाँच्न पाउने अधिकारलाई कृण्ठित हुने गरी गराइएको घटनाप्रति खेद प्रकट गर्दै एमालेले दोषीलाई तत्काल कानुनी कारबाही गर्न स्थानीय प्रशासन समक्ष माग गरेको छ ।
कार्कीले भन्दा सस्तो मुल्यमा बालुवा ढुवानी गरेको भन्दै असोज ११ गते रामेछाप बजारमा खड्का माथि हातपात भएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।