महाभारत गाउँपालिका–४ महादेवटारका दम्पति हत्या घटनाका आरोपित सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–१ घर भई बलेफी गाउँपालिका–१ बस्ने ३८ वर्षीय एकेन्द्र शाहीलाई प्रहरीले ०८१ जेठ ३० गते गिरफ्तार गरेको छ ।
महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र उहाँकी पत्नी ५० वर्षीया केकाईमाया धिताललाई जेठ ७ गते राती फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलकी एसपी बसुन्धरा खड्काका अनुसार आरोपित सडकमा मजदुरी गर्ने गरेको र मृतकको पसलमा जाँदा सुनका गरगहना लगाएको देखेर हत्या गरी दोस्रो दिनदेखि बिदामा बसेका थिए ।
घटनाको २२ दिन बित्दासमेत प्रहरीले आरोपितलाई गिरफ्तार नगरेको भन्दै मृतक पक्षले निष्पक्ष छानबिनको माग गर्दै जेठ २९ गते प्रदर्शन गरेका थिए ।
मृतक पक्षले घटनाका विषयमा जेठ ९ गते जिल्ल प्रहरी कार्यालयमा उजुरी दिएका थिए । शवको पोष्टमार्टम जेठ ९ गते धुलिखेल अस्पतालमा गरिएको थियो ।