INSEC Online

📅 २०८३ जेष्ठ २१

आत्महत्या दुरुत्साहन घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

गैडहवा गाउँपालिका–३, झुटनियाकी २३ वर्षीया बबिता केवटलाई आत्महत्या दुरुत्साहन गरी मर्न बाध्य बनाएको आरोपमा मृतकका प्रेमी २४ वर्षीय राहुल कुर्मी विरुद्ध इलाका प्रहरी कार्यालय, लुम्बिनी ०८१ जेठ २८ गते उजुरी दर्ता गरेको छ ।

पीडितलाई आरोपितले विवाह गर्ने प्रलोभन देखाएर विगत तीन वर्षदेखि यौन शोषण गरी अन्तिममा धोका दिएकोले पीडा सहन नसकी मर्न बाध्य भएको भनी लेखेर वैशाख १४ गते राति सिलिङ्घ पङ्खाको कुण्डीमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएकोले छोरीलाई मार्न बाध्य बनाएको भन्दै मृतकका बुबा ५३ वर्षीया राजसकल केवटले जेठ २८ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिनुभएको थियो । पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको र आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्सपेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।

प्रेम सम्बन्धमा रहेकोले विवाह गरौँ भन्दा केही महिनापछि गरौँला भन्दै शोषण गर्दै आएको र वैशाख १२ गते आरोपितले अर्को केटीसँग विवाह गरेपछि मृतकले सुसाइट नोट लेखेर आफूसँग तीन वर्ष प्रेमको नाटक गरेर मर्न बाध्य बनाएको इन्स्पेक्टर तामाङको भनाइ छ ।

शवको पोष्टमार्टम वैशाख १५ गते भिम अस्पताल, भैरहवामा भयो । आफूहरूले सोही दिन शव बुझी सदगत् गरिएको पीडितकी बुबा ५३ वर्षीया राजसकल केवटले बताउनु भयो ।

अन्य

भिडियो